Swati Project स्वाति’ द्धारा दिगो जैविक खेति सम्बन्धि सचेतना तथा भर्मीकम्पोष्ट उत्पादन प्रशिक्षण कार्यक्रमको ४ दिने कार्यक्रम र सिकाईक केन्द्र” उदघाटन

स्वाति’ द्धारा दिगो जैविक खेति सम्बन्धि सचेतना तथा भर्मीकम्पोष्ट उत्पादन प्रशिक्षण कार्यक्रमको ४ दिने कार्यक्रम र सिकाईक केन्द्र” उदघाटन

काठमाण्डौ, १८ चैत्र  २०८०

‘स्वाती’ ले विश्व बिकास कोष तथा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम को साना अनुदान कार्यक्रम को सहयोग साथै उर्लाबारी नगरपालिका र सिसौली फार्मसँग को सहकार्यमा संचालन भइरहेको “दिगो जैविक खेतिमा परम्परागत बिधि सम्बन्धि क्षमता अभिबृद्धि जलवायु संरक्षण परियोजना अन्तरगतको “सिकाईक केन्द्र” को उद्घाटन यहि मिति २०८० चैत्र १५ गते गरेको छ। यो “सिकाईक केन्द्र” को उद्घाटन उर्लाबारी नगरपालिका का उप(प्मुख श्री मिना कुमारी खतिवडा ज्यू, वार्ड प्रमुख श्री कल्याण राईज्यू, वार्ड नं. ४, उर्लाबारी नगरपालिका र उर्लाबारी नगरपालिकाका वार्ड नं. ४ का सदस्यहरूले संयुक्त रूपमा गर्नुभएको थिए। “यो ‘सिकाईक केन्द्र’ को स्थापनाले हामी निकै उत्साहित छौं। यहाँ किसानहरुलाई मैसम सम्बन्धि जानकारी, माटोको स्वास्थ्य को बारेमा जानकारी र जलवायु परिपालनशील हुनाका लागि जैविक खेति र कृषि विधिहरूका बारेमा जानकारी प्रदान गर्ने काम हुनेछ”, ‘स्वाति’ का संस्थापक अध्यक्ष श्री संगिता निरौलाले भन्नु भयो। “यो ‘अध्ययन केन्द्र’ ले किसानहरुलाई जलवायु परिपालनशील बनाउने दृष्टिकोणबाट स्थानीय किसानहरूलाई नियमित रूपमा भेट्ने र उहाँहरूको अनुभव र समस्याहरूको छलफल गर्ने साझा ठाउँ प्रदान गर्नेछ”, उनले थप गरे।
सोहि अवसरमा “दिगो जैविक खेति’ र ‘भेर्मीकम्पोस्ट उत्पादन’ सम्बन्धि ४ दिने सचेतना तथा प्रशिक्षण कार्यक्रमको शुभारम्भ पनि गरिएको थियो। उक्त्त सचेतना तथा प्रशिक्षण कार्यक्रमको बारेमा उर्लाबारी नगरपालिकाको उप-प्रमुख श्री मिना खतिवडा ज्यूले दिगो जैविक खेतिले ठूलो महत्व राखेको र हाम्रो वर्तमान र भविष्यका सन्ततिहरु माँ यसले सकारात्मक प्रभाव पार्ने भन्ने कुरा भन्नुभयो।
“नेपालमा हामीले कृषिमा पुर्खौ देखि परम्परागत खेति सम्बन्धि ज्ञान र जैविक मलको प्रयोग गर्दै आएका थियौ तर पछिल्लो समयमा हाम्रै नगरपालिका भित्र पनि रसायनिक मल र बिषादीको बढ्डो र अनियमित प्रयोगले हाम्रो माटोको उर्वराशक्त्ती चिन्ताजनक रुपमा घटेको प्रत्यक्ष देख्न सकिन्छ। साथै अत्याधिक मात्रामा प्रयोगहुने गरेको रसायनिक मल र बिषादीले प्रायः प्रत्यक घरमा बिभिन्न रोगहरु निमत्याएको ले अब हामीले जतिसक्दो परम्परागत र दिगो जैविक खेतिलाई प्रोत्साहित गरि आगामी दिनहरुमा यस उर्लाबारी नगारपालिकालाई दिगो जैविक खेतिको एक नमूना नगरपालिका बनाउन हाम्रो सहयोग र संलग्नता रहने प्रतिबद्धता गर्दछु”, उर्लाबारी नगरपालिका उप-प्रमुख श्री मिना खतिवडाले भन्नु भयो। “ ‘स्वाती’ संस्था मार्फत विश्व बिकास कोष तथा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको साना अनुदान कार्यक्रमको सहयोग साथै उर्लाबारी नगरपालिका र सिसौली फार्मसँग को सहकार्यमा यस वडामा संचालनमा ल्याइएको यसपरियोजनाका लागि युएनडिपलाई हार्द्धिक आभार व्यक्त्त गर्न चहान्छु। साथै आज उपस्थिति यस वडा नं. ४ का अध्यक्ष ज्ञ्यू, सदस्यज्यूहरु ‘स्वाती’ संस्थाकी संस्थापक अध्यक्ष श्री संगिता निरौला ज्यू लगायत सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिन चाहन्छु”, श्री खतिवडाज्यूले भन्नु भयो। उहाँले यस कार्यक्रमको निरन्तरताको लागि युएनडिपीलाई बिषेश अनुरोध पनि गर्नुभयो।
“हामी यो परियोजनाको सफलताका लागि समर्थन र सहयोग प्रदान गर्नका लागि उत्साहित छौं”, उर्लाबारी नगरपालिका वार्ड ४ का वार्ड प्रमुख कल्याण राईज्यू ले भन्नुभयो। “रसायनिक मल र बिषादीको अत्यधिक प्रयोगले गर्दा हामी टूलो स्वास्थ्य संकट सामना गरिरहेको छौं र साथै यसले हाम्रो यस नगरपालिकाको माटोको स्वास्थ पनि बिग्रिएको हामीले पाएका छौं”, उहाँले भन्नुभयो। “म र यहाँ उपस्थित सबै वार्ड सदस्यहरू यस कार्यक्रम र यसको भविष्यमा हुने कार्यक्रमहरु लाई पूर्ण समर्थन गर्नेर्छौं”, उहाँले भन्नुभयो।
उर्लाबारी नगरपालिकाको प्राबिधिक सहयोग अन्तरगत कृषि इकाई प्रमुख श्री अम्बिका प्रसाद लुइटेलले र ‘स्वाति’ का कार्यक्रम प्रमुख श्री आभाष निरौला द्वयले उपस्थित सहभागिहरु लाई दिगो जैविक खेतिका बारेमा जानकारी प्रदान गर्दै भर्मीकम्पोष्ट तालिमको बारेमा पनि जानकारी गिनुभयो। चैत्र १५ मा संचालित यो कार्यक्रममा ३२ सगभागिहरु को सक्रिय सहभागिता का साथै भेर्मीकम्पोस्ट उत्पादन र उपयोग गर्ने बारेमा अर्को ३ दिने तालिम प्राप्त गर्ने उत्साह पनि प्रकट गरे।
“२२ वर्ष पछि ‘स्वाति’ले नेपालका विभिन्न भागहरूमा स्थानीय समुदायहरूसँग विभिन्न सामाजिक-आर्थिक र पर्यावरणीय समस्याहरूको समाधानमा काम गरेको छ र यो परियोजना अर्को चरण हुनेछ” भनिन् स्वाति को संस्थापक अध्यक्ष मिसेला संगिता निरौला “आजले स्वाति को गीएफरएसजीपी र उर्लाबारी नगरपालिका र सिसौली फार्मसँग सहकार्यमा उर्लाबारी नगरपालिकालाई पारिस्थितिकीय परियोजना र शिक्षा अभियानमा यो संयुक्त निर्णय गरेको छ।”, उनले थप गरेकी छन्।
थप जानकारीका लागि भ्रमण गर्नुहोस  www.swati.org.np वा स्वाति को फेसबुक पृष्ठमा भ्रमण गर्नुहोस्।

Related Post